BREAKING NEWS
Search

कांग्रेस प्रबक्तालाई कार्यकर्ताको मनछुने पत्र: गगन र बिश्वप्रकास एकैठाँउ देख्न चाहान्छौ!

135

 

आदरणिय दाजु बिश्वप्रकास शर्मा ज्यु। जय नेपाल।

मलाई थाहा छ दाई ब्यस्त हुनुहुन्छ,पढ्ने समय नमिल्न सक्छ, तपाईसमक्ष नपुग्न पनि सक्छ तर पनि जानी नजानी मनमा लागेको कुरा लेख्दै छु। सर्वप्रथम म आफुबाट सुरु गर्छु।

कुनै दिन म आफु कांग्रेस परिवारमा जन्मिएको घरपरिवार सबै कांग्रेस कार्यकर्ता सानै उमेरमा २०६४ सालमा म पनि रुख चिन्हमा भोट देउ भन्दै हिडेको थिए। मलाई राजनिती कांग्रेस, कम्युनिष्ट त्यती थाहा थिएन तर बुबा आमा कांग्रेस भन्ने थाहा थियो। बिपी, किसुन जी, सुवर्ण समशेर, गणेशमान गिरीजाबाबु जस्ता ब्यक्ती कांग्रेस हुन रे भन्ने सुनेको थिए। कांग्रेसका नेता भनेर त्यतीबेला मैले गुरु घिमीरे, गगन थापा र प्रदिप पौडैल मात्र चिन्थे त्यो पनि टेलीभिजन मा ।

देश प्रचन्ड बाबुरममय थियो, माओबादीमय थियो, वाईसियलमय थियो। पहिलो संविधानसभाको निर्वाचन पछी प्रचन्ड नेत्रीत्वको सरकार ढलेपछी गाँउतिर साथीहरुको लहैलहैमा बुझ्दैनबुझी म अचानक हसीयाहथौडावाला झन्डा समाउने भए। घरमा बुबा आमा दाई दिदी लगायत आफन्तहरुको गाली हसीयाहथौडावाला झन्डा समाएकै कारण कती खाए कती! फलानाको छोरो माओबादी भयो रे भन्ने चर्चा जताततै भयो।त्यसपछी मैले कतै गल्ती त गरिएन, के गल्ती भयो त? किन मेरो कुरा भयो? लगायतका कुराहरु सोच्न बाध्य भए अनि बल्ल कांग्रेस पढ्न थाले, कम्युनिष्टहरु एमाले, माओबादी सबै पढ्न थाले । इतिहास पढ्न थाले । त्यसपछी बल्ल मलाई कांग्रेसनै सही हो भन्ने पनि लाग्यो र त्यतीबेलाबाटै हसीयाहथौडावाला झन्डा फालेर ४ तारे झन्डा बोक्ने निधो गरे ।

मैले हसीयाहथौडा समाउदा पहिलो पटक राजनितीक दलको सदस्यता लिएको माओबादीको सदस्यता हो। परिवार कांग्रेस भएर म कांग्रेस हुने भन्ने कुरा रहेन। जब कांग्रेस बुझे पार्टीका त्यतीबेलाका युवानेता गगन थापा बाग्लुङको गलकोट पुगेको बेला पहिलोपटक कांग्रेसको सदस्यता लिएको थिए। जब सदस्यता लिईसकेपछी बल्ल म तपाईहरु लाई पढ्न थाले । तपाईका ईन्टरभ्युहरु, भाषणहरु सुन्ने लेखहरु पढ्ने, समचार सुन्ने लत नै बस्यो।

त्यतीबेलाबाट राजनितीको लत लागेको म निरन्तर कांग्रेसमा सक्रिय रहदै अहिले जापानमा आएर पनि कांग्रेसकै लतमा परेको छु र जापानमा सबै भन्दा ठुलो क्षेत्रीय समितीको नेत्रित्व गर्ने अवसर पनि पाएको छु। कमाउन आएको किन राजनिती गर्छस भन्नेहरुलाई “जसले जे सक्छ त्यही गर्ने हो, राजनिती सबैले गर्नुहुदैन तर राजनिती सबैले बुझ्न आवाश्यक छ “भन्ने मेरो उत्तर हुन्छ।

अब म तपाई र गगन थापा तिर प्रबेस गर्न चाहान्छु।

गगन थापाको हातबाटै सदस्यता लिएको हुनाले मैले गगनलाई अलि पहिलै चिन्ननपाए।मैले सत्य भन्दा तपाईलाई गगन पछाडी चिनेको हु। तर पछी बुझ्दै जादा थाहा भो तपाई गगन थापाको सभापती हुनुहुन्थ्यो। तपाई लगायत, धनराज गुरुङ, चन्द्र भन्डारी, प्रदिप पौडेल, गुरुराज घिमीरे, बद्री प्रसाद पान्डे, कल्यान गुरुङ पाका नेता प्रदीप गिरीर नरहरी आचार्य लगायतका नेताहरु कांग्रेसभित्र देख्छु अनि मेरो देशमा म सपना देख्ने गर्छु। कांग्रेसभित्र पनि गुट अवश्य छन् तर जती नै गुट बने पनि बिश्वप्रकास दाई र गगन दाई एकै ठाँउमा उभिए बल्ल पार्टी बलीयो हुनेथ्यो भन्ने मेरो मनमा सँधै खेलीरहन्छ।

१३औ महाधिवेशनमा गगन थापा महामन्त्री लड्दै गर्दा पनि बिश्वप्रकास दाई, चन्द्र भन्डारी अलग गुट धनराज, गुरु, बद्री, प्रदिप अलग गुट भएर मैदानमा जानुभयो तर गगन बाहेक तपाईहरु कसैले अब नेत्रित्व हाम्रो पुस्ताले पाउनुपर्छ भनेर कोही पनि लाग्नु भएन, बरु गगन हामीभन्दा पछाडीको हो, हुदैन भन्ने सोच पो तपाईहरुमा रह्यो कि ? जस्तो मलाई लागेको थियो र मलाई जस्तै धेरै कार्यकर्तालाई लागेको थियो। यही कुरा चन्द्र दाईलाई त मैले त्यतीबेलै पनि भनेको थिए। र पनि मलाई लागेको र लाखौ कार्यकर्ता लाई लागेको केहो भने अब गगन बिश्वप्रकास धनराज गुरुराज सँगै हुने हो भने नेत्रित्व परिबर्तन सहज छ।

यतीबेला पार्टी इतिहासकै कमजोर अवस्थामा छ । पार्टी हार्यो । यसको दोषी शेरबहादुर देउबा मात्र नभएर केन्द्रका पदाधीकारी देखी तपाईहरु हुँदै हामी सम्म दोषी छौ। तपाईले भनेजस्तै अब हामीहरुले कसैले दोष थोपरेर उम्किन मिल्दैन। तर अबको ५ बर्ष पछाडी बन्दै गरेको सिङ्गो एउटा कम्युनिष्ट पार्टी सँग चुनाब लड्दै गर्दा अहिलेकै नेत्रित्व (केन्द्रदेखी वाड र टोल, देश देखी प्रदेश सम्म), अहिलेकै जस्तो गुटहरु रहने हो भने त्यो बेला अहिलेभन्दा पनि कमजोर हुने अवस्था आउने छ, त्यसैले नेत्रित्व परिवर्तन अनिबार्य छ ।

पार्टीको पराजय पश्चात चन्द्र भन्डारी सहित तपाई लगायत पार्टीका ७ जना केन्द्रिय सदस्यहरु ले निकाल्नुभएको (हामी बदलीन्छौ र कांग्रेस बदल्छौ) भन्ने बिज्ञप्तीबाट देशभरी नै अब पार्टीका प्रभावशाली नेताहरु एक ठाउँ भए, पार्टी २००७ सालको जस्तै क्रान्तीकारी बिचारमा फर्कन्छ, अबको निर्वाचनमा २०१५ सालमा जस्तै बहुमत पार्टीले लिन्छ भन्ने आशा पलाएको छ। बिगत लामो समय देखी कार्यकर्ताहरु तपाईहरुको यस्तै संयुक्त बिज्ञप्ती र एउटै बाटो कार्यकर्ताले देख्न चाहेका थिए र छन्।

तर जब तपाईहरुको संयुक्त बिज्ञप्ती आयो, सभापती शेरबहादुर, रामचन्द्र पौडेल लगायत पार्टीका पहिलो र दोस्रो पुस्ताका नेता ज्युहरु तर्सिनुभयो, तर्सनुभएको छ। सभापती ज्यु तर्सिएको र तपाईहरु लाई फुटाउन रणनिती बुनेको कुरा तपाई हामी कसैले नकार्न सकिदैन।रातारात तपाईलाई पार्टीको पर्बक्ता बनाउदा हामी कार्यकर्ता खुशी छौ, ७ भाई भित्र पनि सबै खुशी नै पाएका छौ तर सभापती ज्युले ७ भाई फुटाउन फालेको पासा भन्ने हाम्लाई थाहा छ, यो कुरा तपाईको मनमा पनि अवश्य छ।

सभापती ज्यु यि फुटाउने कुरा मा बहुत अनुभवी हुनुहुन्छ।गुट फुटाउने कुरामात्र हैन बिपक्षी गठबन्धन कसरी फुटाउने त्यो रणनिती पनि उहाँलाई राम्रो सँग थाहा छ। यस्ता रणनितीले कहिले पार्टीलाई फाईदा गर्छ कहिले बेफाईदा गर्छ। ७ भाई फुटाउने उहाको रणनितीले पार्टी लाई कमजोर बनाउने र उहाको गुटलाई र उहालाई बलीयो बनाउने, निरकुंश बनाउने बाटोबाट आएको छ। ७ भाईको एउटै बाटोले सभापती मात्र हैन पार्टीका पहिलो र दोस्रो पुस्ता अनि गुटको ओक्ष्यानमा सुत्ने तेस्रो चौथौ पुस्ता र भातृसँघसंस्थाका नेता जीहरु पनि राम्रो सँग तर्सिनुभएको छ।

किनकी उहाहरुलाई थाहा छ, पार्टी को कार्यकर्ता पङ्तीमा गगन र बिश्वप्रकास को प्रभाव थोरै छैन गगन बिश्वप्रकास संगै चन्द्र भन्डारी, गुरुराज, प्रदिप, बद्री पान्डे जोडिएपछी त झन उहाहरुले अब हाम्रो पालो आउदैन भन्ने ठानी सक्नुभएको छ। हामी कार्यकर्ता तपाईहरु नेता सबैको, पहिलो दोस्रो पुस्ताका नेताहरु प्रती संम्मान छ । उहाँहरुले पार्टी र देशको लागि धेरै गरिसक्नुभयो । अब देशले उहाहरुबाट पाउने पाईसक्यो पार्टी र देशमा उहाहरु सबैजसो (टेस्टेड) प्रयोग भैसक्नु भयो।

पार्टीको केन्द्रिय समिती, संसदीय समिती, कार्यसम्पादन समिती, सरकारमा प्रधानमन्त्री मन्त्री सांसद लगायत कतै न कतै उहाहरु टेस्टेड हो त्यसैले अब उहाहरुले अभिभावक बनेर तपाईहरुको लागि नेत्रित्व छाड्नुपर्छ। भन्दै गर्दा बिश्वप्रकास दाई पार्टीको प्रबक्ता भैसकेपछी कतै बिचलित त हुनुभएको छैन? कतै सभापती ज्युको रणनिती सफलतातिर लागेको त हैन ? म र म जस्तै लाखौ कार्यकर्ताको मनमा खेलेको कुरा हो। यदी तपाई यो पार्टी पुनर्निमाणको अभियानबाट कतै बिचलित हुनुभयो र अभियानबाट छुटिनु भयो भने आम कार्यकर्तामा पुरानै निराशा फर्कने छ।

हामी कार्यकर्ता त ७ भाईमात्र हैन, यो अभियानमा अब तेस्रो पुस्ताका नबिन्द्रराज जोशी, रामहरी खतीवडा, रमेश लेखक, उदयशमशेर राणा, देवराज चालीसे, कल्याण गुरुङ, गोबिन्दराज भट्रराई, निमा गिरी, लक्ष्मी खतीवडा प्रतिमा गौतम, किरण पौडेल, टेकराज पौडेल, उमेसजँग रायमाझी लगायत देश भरीबाट तेस्रो चौथो पुस्ता तपाईहरु सँगै जोडीएको हेर्ने चाहाना हामी कार्यकर्ताको हो। यो संभव हुन्छ तर यसको लागि तपाई र गगन थापा सँगै हिड्नु जरुरी छ। पार्टी संगठन लथालिङ्गै छ। केन्द्र देखि वाड सम्म भातृसँघहरु सम्मको स्थीती एउटै छ।

केन्द्रको महाधीबेसन भएको २ बर्षसम्म पार्टीमा उपसभापती, महामन्त्री, सहमहामन्त्री, केन्द्रिय सदस्यहरु, बिभागहरु नहुनु बिडम्बना हो।स्थानिय निकाय पुर्नसंरचना भएको छ तर हाम्रो सँगठन पुरानै ढाचाका छन । २४० वटा क्षेत्रबाट १६५ हुदा कतै २ वटा क्षेत्रीय सभापती र कतै रित्तै हुने स्थिती छ । मेरो क्षेत्र न २ सभापती बिहीन छ क्षेत्र नम्बर १ मा २ वटा सभापती हुनुहुन्छ। यस्तै अवस्था देशभरीनै छ, संघियप्रदेश बनेर प्रदेसका ३३० वटा क्षेत्र हुदा त्यहा समिती नै छैनन । तरुण दल १ बर्ष सम्म भागबन्डा गरिएका ४ जनाले चलेको छ।

नेपाल बिद्यार्थी संघमा केन्द्र देखी वाड सम्म गुट र फुट मात्रै छ। नेपाली जनसम्पर्क समितीहरु पुरै देशतिर बिभाजीत छन्। यस्तो स्थितीमा पार्टी तुरुन्त महाधीबेसनमा नजाने संगठन यस्तै स्थितीमा रहने हो भने पार्टीको दुर्दशा ग्रहशान्ती गर्न नमिल्ने अवस्था आउन कती बेर लाग्दैन। यसैको लागि पनि ७ भाईको एकता अपरिहार्य छ । ७ भाई सँगै बसेर एउटै धारणा अबका दिनमा राख्नु जरुरी छ। ७ भाईको प्रयासले पार्टी जोडीने र पार्टी बलीयो बन्नेमा हामी अस्वस्थ छौ । डर सबैलाई तपाईको छ, कतै साना बिपीलाई सभापती ज्युेले बिचलीत त गराउनुभएको छैन ?

बिन्ती छ दाई बिश्वप्रकास ! गगन सँगै भए मात्र पार्टी पुनर्निमाण संभव छ। हामी लाखौ कार्यकर्ता तेस्रो पुस्ताको लागि काध थाप्न तयार छौ । ७ भाईले कांग्रेस जोड्ने सयौ भाईलाई संगै लिएर हिड्ने अठोट गर्नुहोस्। आगामी महाधिबेसन छिटै होस् र आगामी महाधीबेसनमा गगन बिश्वप्रकास सँगै देख्न पाईयोस् भन्ने चाहान्छौ। केही गलत भएमा कार्यकर्ताको माया सम्झेर माफी दिनुहोला। जय नेपाल।

यदुराम सापकोटा
हाल जापान
(सापकोटा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय समिती का संयोजक हुन्)

साभार: पोस्ट पाटी




Leave a Reply

Your email address will not be published. Required fields are marked *