BREAKING NEWS
Search

बोक्सीको आरोपमा कुटिएकी युवतीलाई न्याय दिलाउन प्रधानमन्त्री र गृहमन्त्रीको कडा निर्देशन! भोलेबाबा पुगे प्रहरीको खोरमा [भिडियो सहित]

129

 

बाेक्सीकाे अाराेपमा लगातार ६ घण्टासम्म कुटपिटमा परेकी  कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीकी २० वर्षीया युवतीले न्याय पाउने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा अाेली र गृहमन्त्री रामबहादुर थापा बादलले अाफूलार्इ भाेलेबाबा बताउँदै युतवीमाथि निर्घात कुटपिट गर्ने रामबहादुर चाैधरी, पार्वती चाैधरीलगायत घटनामा संलग्न जाे काेहीलार्इ पक्राउ गरी कडा कारबाही गर्न कडा निर्देशन दिएपछि रामबहादुर पुनः पक्राउ परेका छन् ।

बाेक्सीकाे अाराेपमा कुटपिट गर्ने कार्यमा संलग्नहरूलार्इ प्रहरीले पक्राउ गर्दा छुटाउन दबाब दिने जनप्रतिनिधिलार्इ पनि कारबाहीकाे दायरामा ल्याइने भएकाे छ ।

रामबहादुरलार्इ इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरे पनि घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकायालगायतले दबाब दिएपछि प्रहरीले छाडेकाे थियाे । तर, प्रधानमन्त्री र गृहमन्त्रीकाे निर्देशनपछि रामबहादुर पुनः पक्राउ परेका हुन् ।

पार्वतीले अाफूलार्इ बाेक्सी लागेकाे भन्दै र रामबहादुरले युवती नै बाेक्सी भएकाे भन्दै ६ घण्टासम्म निर्घात कुटपिट गरेका थिए । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहेका थिए ।

पीडित युवती सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ ।

 

यसरी भएकाे थियाे युवतीमाथि निर्घाट कुटपिट, हेर्नुस् भिडियाे

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *