BREAKING NEWS
Search

यी हुन् सिनेमा क्षेत्रका ‘हिट’ भनिएका जोडी

101

 

अनिल थापा
काठमाडौं – नेपाली सिनेमा क्षेत्र सिनेमाको कुरा गरेर भन्दा गसिपका कारण चर्चामा रहिरहन्छ । कलाकारका विभिन्न गसिपले गर्दा यो क्षेत्रका विभिन्न समाचार बन्छन् र बिस्तारै ती हल्ला ओइलाउँदै जान्छन् ।

ठूलो पर्दाका फिल्मी जोडी होऊन् या अन्य जोडी, केही जोडी यतिबेला चर्चामा रहेका छन् । यसरी चर्चामा आइरहने जोडीमा प्रियंका कार्की र आयुष्मान जोशी, पल शाह र आँचल शर्मा, सौगात मल्ल र सृष्टि श्रेष्ठ, छविराज ओझा र शिल्पा पोखरेलको जोडी सिने वृत्तमा धेरै मिडियामा चर्चा हुने जोडीमा पर्छ ।

तर, यही क्षेत्रमा केही त्यस्ता जोडी छन् , जसको समाचार कम बन्छ तर जोडी सफल छ ।

लामो समय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा एकसाथ काम गरेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जोडीको नाम एकसाथ जोडिएर आउँछ । यो जोडी पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय छ । अभिनयसँगै समाजसेवामा पनि लागिपरेका धुर्मुस र सुन्तली कलाकारिता लामो समय बिताइसकेका छन् । देश तथा विदेशका विभिन्न कार्यक्रममा सँगै प्रहसन गरेका छन् ।

लामो समयसम्म हात मिलाएर हिँडेको धुर्मुस सुन्तलीको जोडी सिने जोडीमा बलियो कडी भएको जोडीका रुपमा पनि हेर्ने गरिन्छ ।
त्यसो त ‘मेरी बास्सै’ शुरु गर्ने क्रममा माग्ने बूढा र धुर्मुसले ‘केसी जोडी’ बनाएका थिए । तर पछि यो जोडी छुट्टिएर आ–आनै पारिवारिक जोडीबनेका छन् ।

सीताराम ‘धुर्मुस सुन्तली’ बनेका छन् भने केदार घिमिरे पनि आफ्नै पत्नी सीतादेवीसँग कैयन् कार्यक्रममा केदारसँगै देखिन थालेकी छिन् ।
हास्य अभिनेता केदार घिमिरेले आफूले पहिलेदेखि अभिनय थालेपनि पत्नी सीता घिमिरेले भने धेरै पछि मात्र अभिनय गर्न थालेको बताउँछन् । ‘स्कुलमा बच्चाको फारम भर्दा हाउस वाइफ लेख्दा असहज लागेर उनी अभिनय सिक्न गइन्, अहिले उनको त्यही अभिनय पेशा बनेको छ’, केदार घिमिरे भन्छन्, ‘अहिले विभिन्न नाटक तथा सडक नाटकमा पनि उनी व्यस्त छिन्, मैले अभिनयमा ल्याएको भन्दा पनि उनी आफै अभिनयमा आएकी हुन् ।’

आफूले केही गर्नुपर्छ, किन सधै गृहिणी मात्रै भएर बस्ने भन्ने लागेर उनी अभिनयमा आएको केदार बताउँछन् । अहिले उनको जोडी चर्चामा आउने जोडीमध्ये एक हो ।

आधा उमेर कटेपछि सीताले अभिनको तालिम लिएर अभिनय थालेको केदार बताउँछन् । ‘उनी आफ्नै मेहनतले कलाकार भएकी हुन्, नाटक तथा स्टेज कार्यक्रम गर्दै धेरै ठाउँमा पुगिसकेकी छिन् अहिले, उनको यात्रा रहरबाट शुरु भएको थियो ।’

यो जोडीमात्र होइन, कलाकारितामा जमेको जोडीका रुपमा हेरिन्छ निखिल उप्रेती र सञ्चिता लुइँटेलको जोडीलाई । आफ्नी जेठी श्रीमती छोडेर नायिका सञ्चिता लुइँटेलसँग बिहे गरेका निखिल उप्रेती यतिबेला नेपाली फिल्म उत्पादनमै व्यस्त छन् । तर, उनको जोडी पनि त्यति धेरै मिडियामा आउने जोडीमा भने पर्दैन । सञ्चिताले आफ्ना दुई बच्चालाई हुर्काइरहेकी छिन् । केही समयअघि सञ्चिताले अभिनय गरेको चलचित्र ‘राधा’ रिलिज भएपनि अन्य फिल्म रिलिज भएका छैनन् । अभिनेता निखिल उप्रेती भने आफ्नै होम प्रोडक्सनका फिल्ममा देखिएका हुन्छन् ।

त्यस्तै निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी पनि नेपालमा चर्चामा आउने जोडीमा पर्छ । बिहेपछि अझै चर्चामा आएकी अभिनेत्री स्वस्तिमा खड्का प्रायः निश्चलसँगै देखिन्छिन् । यो जोडीले एकसाथ फिल्ममा काम नगरे पनि चलचित्र ‘दुई रुपैयाँ’ को एक गीति भिडियोमा साथै देखिएका थिए । ‘कुटुमा कुटु’ बोलको गीत धेरै हेरिने नेपाली गीतमा भन्दै चर्चामा थियो ।

खासगरी सानो पर्दामा सक्रिय सरिता लामिछानेका आफ्नै फ्यान छन् । सानो पर्दाका दर्शकले उनलाई अझै नजिकबाट चिनेका हुन्छन् ।

खासगरी सानो पर्दामा सक्रिय सरिता लामिछानेका आफ्नै फ्यान छन् । सानो पर्दाका दर्शकले उनलाई अझै नजिकबाट चिनेका हुन्छन् ।
निर्देशक ऋषि लामिछानेसँग बिहे बन्धनमा बाँधिएकी सरिता लामिछानेले आफू संसारकै भाग्यमानी पत्नी भएको बताउँछिन् । ‘मैले र ऋषि जीले देख्ने सपना एउटै हो, मलाई चलचित्र क्षेत्रमा हात समाएर ल्याउने मान्छे नै ऋषि जी हो’, सरिता सुनाउँछिन्, ‘हामीबीच सहकार्य त हुन्छ नै, मैले पनि उहाँलाई सघाउँछु, हाम्रो जिन्दगीमा फिल्मबाहेक अर्थोक केही छैन ।’

मिडियामा त्यति चर्चामा नआएपनि यो जोडीले मिलेरै सरकारी कार्यक्रम पनि गरिरहेको हुन्छ । साथै उनले अब लगत्तै नयाँ फिल्मका लागि योजना बनाइरहेको बताउँछिन् ।

एउटै क्षेत्र भएकाले पनि दुवैलाई सहज भएको सरिताको भनाइ छ । ‘हाम्रो जीवन सरल र सहज छ, किनकि हामीले एकले अर्कालाई बुझेका छौं, कामले गर्दा कुरा गर्न पाएनौं भने पनि साँझमा स–साना कुरासमेत शेयर गरेका हुन्छौं ।’
सिने वृत्तमा विवाहित जोडीको भन्दा धेरै चर्चा भने अविवाहित जोडीकै हुने गरेको छ । बजारमा धेरै हल्ला चल्ने जोडीको रुपमा देखिन्छन् – आयुष्मान र प्रियंका ।

यो जोडी लामो समयदेखि मिडियामा पनि हामी एकअर्कालाई प्रेम गर्छौं भन्दै हिँडिरहेको छ ।

त्यस्तै पल शाह र आँचल शर्माको जोडी पनि बजारमा छाइरहने जोडी हो । एउटा संयोग के छ भने आँचल शर्मा र पल शाहको जोडी रिल जोडीमा भने प्रायः जमेको हुन्छ । तर पल र आँचल यो जोडीलाई मिडियाले बनाइदिएको जोडीका रुपमा हेर्ने गर्छन् । आँचलले मिडियाले नै जबरजस्ती जोडी बनाइदिएको भन्दै आइरहेकी छिन् । ‘हामी एकअर्काका मिल्ने साथी हौं, सम्मान पनि गर्छौं, हामीबीच प्रेम छैन’, आँचल भन्छिन्, ‘मिडियाले नै जबरजस्ती हाम्रो प्रेम छ भन्दै आइरहेको छ ।’

त्यसो त आजभोलि सौगात मल्ल र श्रृष्टि श्रेष्ठको जोडीको पनि चर्चा हुने गर्छ । लामो समयसम्म प्रेमसम्बन्धका बारेमा गुपचुप बसेका सौगात र सृष्टि यतिबेला भने खुलेरै कुरा गर्न थालेका छन् ।

त्यस्तै अभिनेत्री वर्षा राउत र सञ्जोग कोइराला पनि लामो समयदेखि प्रेमसम्बन्धमा परेको बताइन्छ । वर्षा तथा सञ्जोगले विभिन्न कार्यक्रममार्फत खुलेरै प्रेमको बारेमा बोल्दै आएका छन् । वर्षा भन्छिन्, ‘हो, हामी लामो समयदेखि प्रेममा छौं ।’

from Lokpath




Leave a Reply

Your email address will not be published. Required fields are marked *