BREAKING NEWS
Search

आंचल पर्फेक्ट दुलही: पल शाह (भिडियोसहित)

303

 

काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘शत्रु गते७’को ट्रेलर सार्वजनिक भैसकेको छ । यो ट्रेलर युट्युब ट्रेनडिंगको दोस्रो नम्बरमा आएको छ। शत्रु गतेको ट्रेलर नै मन पराइनुमा मह जोडी लगायतका नेपालका चर्चित हाँस्यकालाकारहरु र पछिल्लो समयको चर्चित फिल्मी जोडी पल– आंचल फिल्ममा हुनु पनि हो। पल शाह र आंचल शर्मालाई दर्शकहरुले ‘रियल लाइफ’जोडी नै मान्न थालेका छन् ।

 

शत्रु गते ट्रेलर सार्वजनिक गर्ने समारोहमा पनि यी दुई र उनीहरुको सम्बन्ध नै विशेष चर्चामा रह्यो। शत्रु गतेमा पल र आंचल दुलाहा-दुलहीको रुपमा रहेको प्रसङ्गलाई जोडेर आंचललाई दुलहीको रुपमा देख्दा कस्तो अनुभव भनेर गरिएको पलले उत्तर दिए, ‘आंचल पर्फेक्ट दुलही बन्न सक्छिन्’। त्यसोभए पल र आंचल रियल लाइफमा नै दुलाहा दुलही बन्ने सम्भावना छ त ? दुवैले प्रस्ट्याए , “अहिले त्यस्तो केही पनि छैन । भविष्य कसैले देखेको छैन, हुन पनि सक्छ”।

 

कुराकानीमा मुस्कुराइरहेको यो जोडीको केमिस्ट्री स्टेजमा पनि साँच्चै नै लोभलाग्दो देखिएको थियो । उक्त कार्यक्रममा पल र आंचल संगै निर्माता किरण के.सी र निर्देशक प्रदिप भट्टराईले आफ्ना कुराहरु राखेका थिए। उनीहरुका अनुसार, शत्रु गते पूर्ण व्यवसायिक र मनोरन्जनात्मक पारिवारिक चलचित्र हो। चलचित्र अपेक्षा अनुसार हुने छ की छैन, त्यो भने चैत्र ९ गते हुने चलचित्र रिलिज पछि थाहा हुनेछ।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *