BREAKING NEWS
Search

राजनीतिक आवरणले जोगाउन सकेन गुण्डालाइ : चार वर्षमा पाँच इन्काउन्टरमा मारिए

543

 

काठमाडौं : चार वर्षयताको अवधिमा पाँच कुख्यात गुण्डा नाइके प्रहरी ‘इन्काउन्टर’मा मारिएका छन्। मारिएकामध्ये सबैले आफ्नो अपराधिक गतिविधि छोप्न राजनीतिक संरक्षण लिएका थिए। कोही कांग्रेस, कोही एमाले र कोही माओवादी समेत भए। तर, राजनीतिक आवरणले ढाक्दासमेत उनीहरूले गोली खाएर मर्नुपर्यो।

 

को को मारिए ?

चार वर्षयताको प्रहरी ‘इन्काउटर’ मा एमालेनिकट गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’, कांग्रेसनिकट अर्का गुण्डा नाइके कुमार घैँटे, मनोज पुन, सोम आले र लागूऔषध दुर्व्यसनी प्रविण खत्रीको ज्यान गयो। अन्यलार्इ भने प्रहरीले घाइते बनाएर समातेको छ।

 

यसरी मारिए ‘चरी’

२०७१ साल साउन २१ गते काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा ‘चरी’ मारिए। काठमाडौंबाट मोटरसाइकलमा सवार भएर धादिङस्थित घर जाने क्रममा प्रहरीको गोलीबाट ‘चरी’ मारिएका थिए।

‘चरी’ धादिङ क्षेत्र नं १ मा एमालेको उपाध्यक्ष समेत बनेका थिए। उनलाई एमालेका नेता एवम् धार्दिङका प्रदेश सभा सांसद राजेन्द्रप्रसाद पाण्डेको संरक्षण थियो। एमालेको नेता बनेका कारण ‘चरी’ को संरक्षण एमालेले गरेको थियो। त्यो बेला एमाले नेता पाण्डेले संसद बैठकमै ‘चरी’को प्रहरीले अमानवीय हत्या गरेको भन्दै चर्को विरोध गरेका थिए।

 

यस्तो थियो अपराध यात्रा

चरीका लागि आफ्नो अपराध लुकाउने गतिलो हतियार बनेको थियो एमालेको सदस्यता। एमालेको जिल्ला नेता बनेका ‘चरी’ले धादिङमा ठेक्कापट्टाबाट आफ्नो आपराधिक यात्रा सुरु गरेका थिए।

‘चरी’ माथि जबरजस्ती रकम असुली, ठेक्कापट्टामा हस्तक्षेप र गैंडाको खाग तस्करीलगायत अपराधमा संलग्न रहेको अभियोग थियो। राजधानीको बालाजु र नयाँबजार क्षेत्र चरीको अपराधको केन्द्र थियो। उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा पनि थिए।

 

घरैमा मारिए कुमार ‘घैँटे’

 

नेपाली कांग्रेसको संरक्षणमा रहेका कुमार लामा‘घैँटे’अर्का कुख्या गुण्डा नाइके थिए। जसलार्इ कांग्रेसका केही नेताले आफ्नो संरक्षण दिएका थिए। तर उनी पनि प्रहरीबाट बाँच्न सकेनन्।

कांग्रेसका युवा नेताहरू जगदीश नरसिंह केसी, भीमसेनदास प्रधान र गगन थापासम्मको संरक्षण पाएका‘घैँटे’२०७३ भदौ ३ गते प्रहरी इकाउन्टरमा मारिए। सामाखुसीस्थित घर नजिकै प्रहरी इन्काउन्टरमा ‘घैँटे’ मारिएका थिए । घैँटे मारिँदा नेपाली कांग्रेसका नुवाकोट सभापति जगदिश नरसिंह केसी र कांग्रेसका युवा नेता थापाले कडा विरोध जनाएका थिए।

घैँटे मृत्युको घटना छानबिन माग गर्दै कांग्रेसका युवा नेता थापासहितका नेता राष्ट्रिय मानव अधिकार आयोगै पुगेका थिए। मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेर कांग्रेस केन्द्रीय सदस्य थापा, सभासद जगदिश्वरनर सिंह केसी र भीमसेनदास प्रधानले प्रहरीले ज्यादति गरेको भन्दै छानबीन गर्न माग गरेका थिए।

 

मनोजको पनि उही गति

मनोज बुढामगर उर्फ ‘मनोज पुन’ बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका-४ स्थित भवानीपूर प्रहरीको इकान्टरमा मारिएका छन्। रूपन्देहीलार्इ ‘बेस’ बनाएर मनोज पुनले आफ्नो अपराधिक गतिविधि थालेका थिए। उनले पनि राजनीतिक संरक्षणको आडमा आपराधिक यात्रा अघि बढाए।

मुलुकमा माओवादी जगजगी भएको बेला उनी योङ कम्युनिष्ट लिग (वार्इलएल) मा लागे। वार्इसीलएलकै आडमा उनले आपराधिक गतिविधि पनि सञ्चालन गरे।

त्यो बेला वार्इसिएललाई ‘इकाउन्टर’ गर्न एमालेले युवा संघ अन्तर्गत युर्थ फोर्सको गठन गर्यो। वार्इसीएलसँ भिड्न थालेपछि मुलकमा युथ फोर्सको जगजगी भयो। युथफोर्सको शक्ति बुझेका मनोज पुनले वार्इसीएललार्इ बार्इ बार्इ गर्दै युथ फोर्सतिर लागे। उनी छोटो समयमा रूपन्देहीस्थित युथ फोर्सको क्षेत्रीय कोषाध्यक्षसम्म बन्न सफल भए।

त्यही बीचमा उनले व्यापारी र उद्योगीलार्इ पैसाका लागि धम्क्याउन थाले। युथ फोर्सको नाम बेचेर गुण्डागर्दी गरेको आरोपमा लगत्तै उनी कारबाहीमा परे। त्यही रिसमा उनले दुर्इ पटकको प्रयासमा युवा संघकै रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गर्न लगाए।

पुनको योजनमा युवा संघ रुपन्देहीका अध्यक्ष तिवारी, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र रुपन्देहीका व्यापारी तथा एमाले कार्यकर्ता बसन्त पौडेलको हत्या गरियो। तर अर्काको हत्याका योजनाकार पुन प्रहरी इन्काउन्टरमा बुधबार रुपन्देहीको देवदहमा मारिए।

 

सोम आले पनि मारिए

मनोज पुनसँग मारिएका सोम आलेलार्इ पनि राजनीतिक संरक्षण थियो। सोमबहादुर आले भैरहवामा परिवारसहित भाडामा बस्दै आएका थिए। उनी विकास भनेर पनि परिचित थिए। आले मनोज पुनसँग भेट हुनुअघि नै अपराधको दलदलमा फसिसकेका थिए।

सोम आले अपराधिक दुनियाँमा पाइला राख्नुअघि १५ वर्षको उमेरमा भैरहवामा खडखडे (झन्डा र बुर्जा) खेलाउँथे । उनी भैरहवाको सिद्धार्थ सिनेमा हलमा ब्ल्याकमा टिकट बिक्री गर्थे ।
२०६२/०६३ को जनआन्दोलन सुरु हुने बेला फागुन/चैत महिनातिर आलेले बुटवलको अमरपथमा रहेको प्रभु मनी ट्रान्सफरमा लुटपाटको योजना बनाए। आले र उनका साथीले मनी ट्रान्सफरमा रकम लुटेर गोली प्रहार गरी एक जनाको हत्या गरेका थिए।

त्यो घटनापछि फरार हुन खोज्दा स्थानीयले आलेलाई समातेर प्रहरीमा बुझाएका थिए। उनलार्इ पनि साथी मनोज पुन जस्तै सुरूमा राजनीतिक संरक्षण थियो।

२०७४ साल साउन २३ गते मारिएका लागूऔषध कारोबारी प्रवीण खत्रीलार्इ पनि शक्तिमा रहेकाको संरक्षण थियो। अन्ततः उनी पनि ललितपुरको कुसुन्तीमा प्रहररी इन्काउन्टमा मारिए। ३२ वर्षीय खत्री घरैमा प्रहरी इन्काउन्टरमा मारिन पुगे। पक्रन गएको प्रहरीको टोलीमाथि गोली हानेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। तर, त्यो घटनामा प्रविण आफैंले कन्चटमा गोली हानेर ज्यान गएको बताएको थियो।

 

को को पक्राउ परे ?

प्रहरीले केही गुण्डा नाइकेलार्इ घाइते बनाएर समातेको छ। गुन्डागर्दी गर्दै हिँड्ने जसवन्त राईलाई प्रहरीले २०७३ असारमा पक्राउ गर्यो। पक्रन गएकको प्रहरी टोलीमाथि राजधानीको बुद्धनगरमा रड हानेपछि खोटाङ घर भएका रार्इमाथि प्रहरीले गोली हानेको थियो। रार्इले कालीमाटी र कंलकीस्थित बजार क्षेत्रमा साना पसलेदेखि ठुला होटेल र रेस्टुरेन्टबाट ‘हप्ता’ असुली गरेर पैसा कमाउने धन्धा चलाएका थिए।

केही वर्षदेखि गुण्डा नाइकेविरूद्ध कारबाही तीब्र बनाएको प्रहरीले एक वर्षअघि अर्थात २०७३ फागुनमा अपहरणमा परेकालार्इ उद्धार गर्न जाँदा गोली हानियो। राजधानीको बौद्धबाट अपहरित तीनजनाको उद्धारमा पुगेको प्रहरीमा टोलीमाथि गोली हानिएपछि मुठभेट भएको थियो। त्यसक्रमा प्रहरीको गोलीबाट तीनजनाको अपहरमा संलग्न भनिएका वीरबहादुर तामाङ, चीन खवास र दुर्गा तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भयो।

 

राजनीतिक संरक्षण समस्या

अझै पनि राजनीतिक संरक्षणमा गुण्डा नाइके सक्रिय छन्। केही गुण्डा नाइकेले चुनाव नै लडेर जितेका पनि छन्। मनाङबाट दीपक मनाङे प्रदेश सभामा विजयी हुँदा काभ्रेबाट प्रदेश सभामा चुनाव लडेका अर्का गुण्डा नाइके गणेश लामा पराजित भए।

दीपकले एमालेको समर्थनमा चुनाव जित्न सफल भए । तर कांग्रेसबाट चुनाव लडेका गणेश भने एमालेका उम्मेदवारसँग हार्न पुगे। उनलार्इ कांग्रेस नेता विजयकुमार गच्छदारको बलियो साथ रहेको छ। गच्छदार कांग्रेसमा फर्किँदा साथै लागेर गणेश बालुवाटारसम्म पुगेका थिए।

निरन्तरको इन्काउन्टरले आपराधिक गतिविधि र गुण्डागर्दी गर्नेबीचमा भने ‘भुइँचालो’ गएको प्रहरीले बताउने गरेको छ। ‘राजनीतिक संरक्षणले कुनै अपराधी प्रहरीबाट जोगिन नसक्ने तथ्य पुष्टि हुँदैछ’, एक प्रहरी अधिकृत भन्छन्, ‘गुण्डा नाइकेको मृत्युपछि आमनेपालीले प्रहरीको प्रसंशा गर्दै आएका छन्।’

चरीदेखि पुनसम्मको इन्काउन्टरले गुण्डा नाइकेहरु अफ्ठेरोमा पर्न थालेका छन्। घैँटे इकाउन्टर मारिएपछि फरार रहेका नेपालगन्जका गुण्डा नाइके रिगल ढकालले अदालतमै पुगेर आत्मासमर्पण गरेका थिए। तरुण दलको तत्कालिन क्षेत्रीय सभापति समेत रहेका ढकालले नेपालगन्जका युवा चेतन मानन्धरको हत्या गरेका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *