BREAKING NEWS
Search

नेपालमा नयाँ ओली सरकार बने लगत्तै दक्षिण कोरियाबाट आयो खुशीको खबर : दक्षिण कोरिया जान चाहनेहरुलाई कोरिया सरकारले दियो एकाएक यस्तो ठुलो अफर (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

613

 

२०१८ सालको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको श्रम सम्झौता कोरियाले पठाएको छ । यस वर्ष कोरिया जाने कामदार मध्ये ५ जना गइसकेका छन्। पहिलो लटमा ११ सय भन्दा बढीको नाम आइसकेको छ ।

गत वर्ष पहिलो लटमा मात्रै ५०० जनाको नाम आएपनि अहिले भने धेरै जनाको नाम आइसकेको हो । यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।

कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ ।

अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए । कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् ।

उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत् कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *