BREAKING NEWS
Search

अविवाहित आमाबाट जन्मिएका यी ५ सेलेब्रेटी जसले फिल्मी दुनियामा धुम मचाए

219

एजेन्सी। केहि समय अघि बलिउड नायिका रेखाले संजय दत्तको नाममा सिन्दुर लगाउने विषयलाई लिएर चर्चा भएको थियो । यासेर उस्मानले लेखेका किताब ‘रेखा: द अनटोल्ड स्टोरी’ को अनुसार यस्तो दाबी गरिएपनि लेखक आफैले यो कुराको खण्डन गर्दै किताबमा यस्तो नलेखिएको र पाठकले ठिकसंग नपढेको बताएका थिए ।

रेखा

रेखा आफै अविवाहित आमाकी छोरी हुन। रेखाकी आमा पुष्पावली तमिल र तेलेगु फिल्मकी नायिका थिइन । तमिल सिनेमाका नायक जैमिनी गणेशनसंग उनले फिल्म खेलेकी थिइन र यी दुई बीच अफेयर सुरु भएको थियो। यी दुईको विवाह रेखाको जन्म पश्चात भएको थियो।

श्रुति हासन

नायिका श्रुतिकी आमाको नाम सारिका हो। साउथका चर्चित नायक कमल हासनले आफ्नो पहिलो पत्नी वानीलाई डिभोर्स दिएपछि सारिकसंगै बस्न थाले। केही समयमा सारिका गर्भवति भइन। सन १९८६ जनवरी २८ मा श्रुतिको जन्म भयो। श्रुतिको जन्मको २ वर्ष पश्चात सन् १९८८ मा सारिका र कमले विवाह गरेका थिए। सन् १९९१ मा सारिकाले आफ्नो दोस्रो छोरी अक्षरालाई जन्म दिइन्। सन् २००४ मा कमल र सारिकाको सम्बन्ध विच्छेद भएको थियो।

नोरा जोन्स

अमेरिका गायिका तथा नायिका नोरा जोन्स कन्सर्ट निर्माता सु जोन्स र सितारवादक पन्डित रवि शंकरकी छोरी हुन। पहिलो पत्नीसंग सम्बन्ध विच्छेद भएपछि रवि र सु जोन्सको अफेयर चलेको थियो। यसपश्चात सन् १९७९ मा नोरा जोन्सको जन्म भयो। रवि र सुले कहिल्यै विवाह गरेनन् र सन् १९८६ मा प्रेमसम्बन्ध पनि समाप्त भयो।

नर्थ वेस्ट

किम कार्दशियनकी छोरी नस्थ वेस्टको जन्म उनको विवाहको करिब एक वर्ष पहिले भएको थियो। रियालिटी शो स्टार किम र म्युजिशियन कान्ये वेस्टकी छोरी नर्थ वेस्ट को जन् सन् २०१३ १५ जुनमा भएको थियो। छोरीको जन्मको करिब डेढ वर्षपछि सन् २०१४ मे २४ मा यो जोडीले विवाह गरेका थिए ।

सूरी क्रुजसन

२००५ मा हलिउड नायक टम क्रुज र नायिका केटी होम्सको अफेयरको चर्चा चल्यो। सन २००६ अप्रिलमा केटीले छोरी सूरीलाई जन्म दिइन। छोरीको जन्मको करिब ७ महिनापछि सन् २००६ नोभेम्बरमा केटी र टमले विवाह गरेका थिए। तर सन २०१२ मा यो जोडीको सम्बन्ध विच्छेद भयो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *