BREAKING NEWS
Search

नेपाली कामदार जापान जानलाई उमेरको हदबन्दी तोकियो

732

काठमाडौं नेपाल र जापानबिचमा भर्खरै भएको श्रम सम्झौताले त्यहाँ नेपाली जान सक्ने बाटो खुलेको छ। यसैले पनि धेरै नेपालीहरूको ध्यान त्यतातिर तानिएको छ। कसैले त त्यसको लागि जापानी भाषा पनि सिक्न थालिसकेका छन्। यसै सन्दर्भमा त्यहाँ जानको लागि उमेर हदबन्दी कति हो भनेर एक जना साथीले शुभयात्रामा प्रश्न पठाउनुभएको थियो। त्यही प्रश्नको जवाफ दिनको लागि यो लेख तयार पारिरहेका छौँ।

जापानले नेपालीहरूलाई ब्लु कलर भिसा अन्तर्गत लैजान लागेको हो। त्यहाँ मानिसहरू सामान्यतया ६० वर्षसम्म काम गर्छन् र त्यसलाई अझै बढाएर ७० बढाउने योजना जापान सरकारले बनाइरहेको छ। यसरी हेर्दा जापान जानको लागि उमेरको सिधै हद नलाग्ने देखिन्छ।

तर नेपालबाट जानको लागि भाषा तथा सिप परीक्षा पास गर्नुपर्ने भएकाले पनि त्यो कुरा गर्न सक्ने नेपालीहरूको उमेर सामान्यतया ३० भन्दा बढी नहुने अनुमान लगाउन सकिन्छ। यसर्थ उमेरको हद लागिहाल्ने संभाबना छैन। हामीले खोजेका जानकारी अनुसार निश्चित काम गर्नको लागि केही सिमाना तोकेको पनि पाएका छौँ। सम्झौतामा यी कुरा स्पष्टसँग उल्लेख नभएको कारणले यसबारेमा केही जानकारी फरक पनि पर्न सक्छ।

यी काम गर्नको लागि यस्तो छ उमेर हद

हाउसकिपिङ कामको लागि २१ वर्षभन्दा बढी भएको हुनुपर्छ।
वर्किङ होलिडे भिसाको लागि भनेँ २० देखि २९ वर्षको हुनुपर्छ।
काम गर्न जानको लागि भनेँ कुनै पनि सीमा तोकिएको छैन। स्वस्थ व्यक्ति तथा अध्ययन पुरा गरेको मान्छेले सजिलै वर्किङ भिसा पाउन सक्छ।नोट: यो लेख जापानको वर्क भिसा सम्बन्धी जानकारी दिने विभिन्न वेबसाइटहरूमा भएका सामाग्रीहरूको अध्ययन गरेर तयार पारिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *