BREAKING NEWS
Search

भिडियो सहित हेर्नुहोस्- नेपाली नागरिकता नभएका १० चर्चित सेलिब्रेटी !

81

 

तपाईंको अन्तिम इच्छा के छ ?’ यस प्रश्नको जवाफमा अरुले के भन्छन् कुन्नी, तर क्यानसरसँग अन्तिम युद्ध लडिरहेका बरिष्ठ द्धन्द निर्देशक तथा अभिनेता गोपाल भुटानीले गहभरी आँशु पार्दै भनेका थिए – ‘मेरो अन्तिम इच्छा नेपाली नागरिक भएर मर्न पाउँ भन्ने छ ।’

सुदुर पूर्वको जिल्ला इलाम पूर्खेउलीथलो भएका गोपाल भुटानीको फिल्मी जीवन बलिउडवाट सुरु भएको हो । ४१ बर्षअघि निर्मित नेपाली फिल्म जीवनरेखामा काम गर्न बलिउडकर्मीको रुपमा नेपाल आएपछि भुटानीलाई सवैले उतैको सम्झिए ।

भुटानीले पनि सुरुका दिनमा बलिउडवाट आएको भन्ने कुरामा गौरव गरेको तत्कालीन फिल्मकर्मीहरु वताउँछन् । जतिवेला भुटानीलाई नेपाली नागरिक नभएकोमा घोच्न थाल्यो, त्यतिवेलासम्म ढिलो भइसकेको थियो । नेपालमा उनी बलिउडका हुन् भन्ने कुरा स्थापित भइसकेको थियो ।

उनले नखोजेका होइनन् । तर चाहेर पनि विविध कारणले गोपालले बंशजको आधार प्रमाण जुटाउन सकेनन् । सायद यही कारण उनलाई नागरिकता दिन नेपाल सरकारले कहिल्यै मन लगाएन । उनको इच्छा सुनेन । अधुरै इच्छा बोकेर गोपाल भुटानी अनागरिक मृत्युबरण गर्न बाध्य भए ।

नेपाली हुँदा हुँदै र नागरिकताको इच्छा राख्दा राख्दैपनि नपाईकन मृत्यु हुने गोपाल भुटानी एकमात्र सेलिब्रेटी हुन् । तर अरु धेरै सेलिब्रेटीहरु पनि छन् जो नेपाली नागरिकता पाउनवाट बञ्चित छन् । अर्थात नेपाली नागरिकता नभएका सेलिब्रेटीहरुको कथा आजको हाम्रो रिपोर्ट हो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *