BREAKING NEWS
Search

स्वास्थ्य चौकी नभएर आमा गुमाएकी ‘टुहुरी’ गाउँमा स्वास्थ्य चौकी बनाउदै !

149

काठमाडौ । सन्ताेष निराैला, आफ्नी आमाले बच्चा जन्माउन नसकेर मृत्यु वरण गरेको घटना चाहेर पनि विर्सन सक्दिनन् याङजोम शेर्पा । ताप्लेजुङकी दुर्गम गाउँमा जन्मेकी उनकी आमा सुत्केरी हुने क्रममा बच्चा जन्माउन नसकेपछि मृत्युवरण गर्न विवस भएकी थिईन् ।

आमाले त संसार छोडिन् । आफु टुहुरो भएपनि अरु धेरै आमाहरुले अकालमै ज्यान गुमाउन नपरोस् र आफु जस्तै अरु टुहुरो हुन नपरोस् भनेर याङजोम ताप्लेजुङको दुर्गम गाउँमा स्वास्थ्य चौकी बनाउन कम्मर कसेर लागेकी छिन् । उनी भन्छिन् ‘जो जोले सहयोग गर्ने वाचा गर्नु भएको छ उहाँहरुले बोलेको कुरा पुरा गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’

दुर्गम स्थान भएकाले स्वास्थ्य चौकी निर्माणका लागि सबै सामग्री भरिया, खच्चडलगायतवाट ढुवानी गर्नुपर्ने वाध्यता छ । ‘भरिया र खच्चड प्रयोग गर्दा ढुवानी नै धेरै पर्ने रहेछ ।’ याङजोमले भनिन् ।

सोही स्वास्थ्य संस्थाका लागि ताप्लेजुङ समाज हङकङले आर्थिक सहयोग उपलब्ध गराएको छ । हङकङ समाजका उपाध्यक्ष लोक आम्बुहाङ लिम्बुले ७ लाख ६ हजार ५६ रुपैंया हस्तान्तरण गरे । एनआरएन हङकङका अध्यक्ष ललित आङबाङको संयोजकत्वमा सम्पन्न हाइकिङ कार्यक्रममा उक्त रकम उठेको जानकारी दिँदै आम्बुहाङले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

साथै हङकङमा रहेको नेपालीहरुको संस्थाले विविध सहयोग गरेको पनि जानकारी दिए । ताप्लेजुङमा यस अघि भएका प्राकृतिक विपत्तिमा पनि ताप्लेजुङ हङकङ समाजले नकै सहयोग गरेको याङजोमको भनाई थियो ।
उनले एक वर्ष अघि देखी घुन्सा स्वास्थ्य चौकी भवन निर्माणका लागि सामाजिक अभियान सुरु गरेकी थिइन् ।

उनको यो अभियानमा ताप्लेजुङ लेलेप मादिबुङका प्रकाश फेम्बु लिम्बुले एक लाख एकाउन्न हजार आर्थिक सहयोग गरेका छन् । घुन्सा स्वास्थ्य भवन निर्माणले घुन्साबासीले सेवा पाउछन् भनेर सहयोग गरेको प्रकाश फेम्बुले बताए ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *