BREAKING NEWS
Search

१० जनाले १ जनालाई रुखमा बाँधेर निर्ममतापूर्वक कुटेको भिडियो भाइरल

227

 

भारतको देवरिया सदरमुकामस्थित कोतवाली गाउँको सडकपारि सानो नहर सामुन्ने रुखमा बाँधेर एक किशोरलाई पैसाको लेनदेनको विषयमा कुरा नमिल्दा आइतबार बेस्सरी कुटेको घटनाको छानबिन भएको छ।

किशोरलाई पिट्दै गरेको भिडियो बनाएर पिडकले भाइरल बनाएका थिए। यो भिडियो पुलिस अधिकारीसम्म पुग्नासाथ पुलिस अधीक्षक आफै कोतवाली गाउँ पुगे र आरोपिहरु कुनैपनि हालमा गिरफ्तार हुनुपर्ने निर्देशन दिए। मुख्य आरोपि नसमातिएसम्म एसपी कोतवाली गाउँबाट हल्लिएनन्।

पैसाको लेनदेनसम्बन्धि विवादमा बजाजी रोड निवासी 17 वर्षीय समशादलाई तहसिल गेटनजिकैबाट दिउँसो जबर्जस्ति मोटरसाइकलमा बसालेर लगे र सडकपारि रुखमा बाँधेर नराम्ररी कुटे । युवकहरुले समशादलाई लठ्ठी, मुङ्ग्रो लगाएर बेल्ट्ले पिट्दै गरेको भिडियो बनाएर भाइरल गरिदिए। अबेर राती जब समशाद घर पुगे उनको अवस्था निकै नाजुक थियो तत्काल उनलाई उपचारका लागि अस्पताल पुर्याइयो।

पुलिससँग मदतको पहल गर्दा पुलिसले पनि खासै वास्ता नगरेर यो घटनाको केबल एनसिआर दर्ता गर्यो, एसपीको आँखाले यो भिडियो देख्नासाथ तुरुन्तै सो गाउँमा पुगेर दोषीलाई गिरफ्तारको निर्देशन दिएका थिए।बिहीबार मात्र यस घटनाको छानबिन भएपछि मुख्य आरोपी नासिरलाई पुलिसले गिरफ्तार गरेको छ र एसपीले आश्वासन दिदैँ भनेका छन् – “पुलिसको टिम दिनरात लागिरहेको छ अन्य ६ आरोपी चाँडै समातिनेछन्।”

 

हेर्नुस भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *