BREAKING NEWS
Search

मरिसकेकी आमाको शव वर्षौँसम्म फ्रिजमा राखेर मृत आमाको औँठाछाप दुरुपयोग गर्दै यि छोराले यसरि कमाए लाखौँ रुपैयाँ !

216

 

एजेन्सी। मरिसकेकी आमाको शव तीन वर्षसम्म फ्रिजमा राखेर यसरी एक युवकले महिनाको ५० हजार कमाउने गरेको रहस्य खुलेको छ । घटना हो भारतको ।

भारतको पश्चिम बंगालको राजधानी कोलकातामा एक व्यक्तिले पेन्सन पाउनकालागि आफ्नी आमाको लाश तीन वर्षसम्म फ्रिजरमा सुरक्षित राखेको रहस्य प्रहरी अनुसन्धानबाट खुलेको छ। भारतीय संचारमाध्यमका अनुसार ती महिलाले प्रत्येक महिला ५० हजार रुपैयाँ पेन्सन पाउँथिन्।

२०१५ मा उनको निधन भएपछि उनले पेन्सन पाउनका लागी आमाको शव फ्रिजमा लुकाएर मासिक ५० हजार बुझ्दै आएको पोल खुलेको हो । छोराले आमाको अन्तिम संस्कार नगरी आमाको शवलाई लुकाएर राखेपछि अ ाफन्त र स्थानीयहरुबाट यो घटनाको रहस्य खुलेको हो ।

प्रत्येक महिना छोराले आमाको औंलाको छाप लिएर पेन्सन लिने गरेको खुलासा पनि भएको छ। प्रहरीले फ्रिजरबाट महिलाको शव बरामद गरेको छ भने छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *