BREAKING NEWS
Search

प्रहरी के का लागी ? हेर्नुहोस दरबारमार्गमा एक महिला माथी उडि उडि लात्ती प्रहार गरे, त्यो पनि प्रहरीको एक समुहले नै ! (भिडियो)

450

 

काठमाडौं । सामाजिक कोणबाट हेर्दा प्रहरी भनेको ‘पहरुवा’ हुन् अर्थात् देश र समाजको पहरा गर्ने हुन् । यसले कानुनी राज्यको पालना गर्न र गराउन पहरेदारी गर्छ । यो नागरिकको सहयोगी र साथी हो ।

अर्को अर्थमा प्रहरी भनेको नागरिकको घरदैलोमा पुग्ने राज्यको प्रतिनिधि पनि हो । प्रहरीको उपस्थिति राज्यशक्तिको प्रतीक हो । यस कारण प्रहरीको उपस्थितिले त्यस ठाउँमा राज्य पुगेको बुझ्न सकिन्छ । कर्मले प्रहरी नागरिकको सेवक हो ।

माथिको हरफको जति नै तारिफ गरेपनि केही प्रहरी अधिकारी यस्ता पनि हुन्छन् तपाईं हामीले सोचेको भन्दा धेरै फरक स्वभावको । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियोले चर्चा पाइरहेको छ, जुन भिडियोले प्रहरी प्रशासनको बद्नाम गरेको छ ।

काठमाडौंको मुटु मानिने नारायणहिटी दरबारमार्ग अगाडि एक सशस्त्र प्रहरीले अधवैंशे महिलालाई छात्तीमा लात्त हानिरहेको भिडियो सार्वजनिक भएको छ । ‘जोजो लक्की’ नामको फेसबुक पेजबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

लात्तीले हानेर महिलालाई ठाउँको ठाउँ लडाइएको भिडियोमा देख्न सकिन्छ । सशस्त्र प्रहरीहरु पनि भिडियोमा धेरैको संख्यामा देख्न सकिन्छ । तर, लात्त हान्ने प्रहरी अधिकारी चाहिँ एक जना मात्र देख्न सकिन्छ ।

‘हातमा हतियार र खुट्टामा छालाको कालो जुत्ता छ भन्दैमा यसरी छोरीचेलीलाई छात्तीमा लात्त हान्ने अधिकार कसले दियो, आखिर गल्ती नै गरेकै भएपनि कानुनी कारबाही गर्न पथ्र्यो,’ उक्त फेसबुक पेजमा लेखिएको छ ।

सरल आर कमेन्ट गर्छन्, ‘माओवादीले त्यतिकै घाँटी रेटेर मारेको होइन रहेछ नेपाली पुलिसहरुलाई, व्यहोरा अनुसारको सजाय दिएको रहेछ, यदि यस्तै तरिकाले कानुन हातमा लिएर दादागिरी गर्ने हो भने नेपाली जनताहरुले फेरि पनि हतियार उठाउनेछ र लड्नेछ सावधान !’-नेपालीपत्र

हेर्नुहोस उक्त भिडियो :

(स्रोत : टुडे नेपाल)




Leave a Reply

Your email address will not be published. Required fields are marked *