BREAKING NEWS
Search

नेपालीको लागि चीनले दियो अर्को खुशीको खबर : चिनियाँ नाकामा ‘वान डे पास’ बारे चिनियाँ सरकार सकारात्मक, यसरी हुँदैछ अन्तिम तयारी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

61

 

धुन्चे । नेपाल सरकारले उत्तरी सीमाना केरुङ नाकामा नेपालीहरुलाई आवत जावतका लागि वान डे पासको व्यवस्था गर्न चीन सरकारसँग आग्रह गरेको छ ।

चीनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग भएको छलफलमा नेपाली पक्षले केरुङ नाकामा सहज आवागमनका लागि वान डे पासको व्यवस्था गर्न आग्रह गरेको हो ।

रसुवावासी लगायत अन्य जिल्लाका बासिन्दालाई समेत केरुङसम्म जान वान डे पासको व्यवस्था लागु गर्न अनुरोध गरिएकोमा चिनियाँ पक्षबाट दुवै पक्षले केन्द्रीयस्तरमा पहल गरी केन्द्रीय स्तरबाटै सहमति भएमा लागु गर्न सकिने जानकारी बैठकमा गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

नेपाली पक्षले निकै लामो समयदेखि चीन सरकारसँग वान डे पासको व्यवस्था गर्न आग्रह गर्दै आएको छ । विगतमा नेपालीहरुलाई केरुङसम्मको आवत जावत सहज भए पनि हाल चीन सरकारले यसमा कडाइ गर्दै आएको छ ।

विगतका बैठकहरुमा नेपाली पक्षले आवागमनलाई सहज बनाउन आग्रह गर्दै जिलोङ काउण्टीका अधिकारीहरुले केन्द्रीय स्तरबाट पहल हुनुपर्ने जवाफ दिँदै आएका छन् ।

शनिबार भएको दुई पक्षीय छलफलमा पनि चिनियाँ पक्षले यसबारे पुरानै जवाफ दिएको छ । चीनको जिलोङ काउन्टीमा भएको शनिबारको छलफलमा नेपाली पक्षको नेतृत्व रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गरेका थिए ।

यो पनि पढ्नुहोस् :

पछिल्लो समय साइवर क्राइमका घटनाहरुको बिगविगी बढीरहेको छ । यस्ता अपराधिले धेरै आतंक मच्चाएका छन् । फेसबुकको एकाउन्ट ह्याक गरेर गोप्य भन्दा गोप्य सूचनाहरु समेत चुहावट गराउने गर्दछन् ।

सबैभन्दा लोकप्रिय सामजिक संजाल भनेको फेसबुक हो अहिलेको समयमा फेसबुक सबैभन्दा लोकप्रिय रुपमा देखिएको छ । धेरैलाई सूचना आदानप्रदान र कुराकानी खबरहरु थाहा पाउन निकै उपयोेग बनेको छ । तर बजारमा फेसबुक लगायतका सामजिक संजालको ह्याक गरी गलत तरिकाले लाभ उठाउनेको पनि त्यति कमी छैन ।

हामीमध्ये धेरैलाई थाहा हुँदैन कि कसले मेरो फेसबुक चलाईरहेको छ । तर यसलाई राम्रोसँग नियाल्ने हो भने सहजै थाहा पाउन सकिन्छ । धेरैलाई यो कुराप्रति चासो छैन । हाम्रो फेसबुकबाट कसैले गोप्य सूचनाहरु फुत्काइरहेको पनि हुन सक्छ । यसरी थाहा पाउनुहोस् आफ््नो फेसबुक एकाउन्ट कसले खोलेको छ भन्ने कुरा । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछः

१. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् ।

२. सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्

३. त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी General अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्

४. त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।

५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचिमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ ।

यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको Not you नामक अप्सन
छान्नुहोस् ।

६. त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ ।

तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लगआउन अप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ ।

आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *