BREAKING NEWS
Search

बोक्सी भनि ६ घण्टासम्म निर्घात कुटपिट गर्नेलाई छाड्न लाउने मेयर ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा रबि लामिछानेसंग लाईभमा । (भिडियो)

116

 

काठमाडौं । कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा विहिबार बोक्सीको आरोपमा निर्घात कुटीएकी एक चेलीको घोडाघोडी अस्पतालमा सामान्य उपचार पछि सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

आफुलाई भोलेबाबा बताउँने राम बहादुर चौधरीले स्थानिय २० वर्षिया राधा चौधरीलाई बोक्सी भगाउने भन्दै निर्घात कुटपिट गरेका छन् ।

चौधरीको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान, आँखा लगायत शरीरका विभिन्न भागमा कुटपिट गरिएका कारण हिड्नै नसक्ने अवस्थामा पुगेकी छिन् । विहान आँगन सफा गर्दै गर्दा एक्कासी ५/७ जना मानिसहरु आएर जबरजस्ती बाबा भएको ठाउँमा पु¥याए र बोक्सीको आरोपमा कुटपिट गरेको उनि बताउछिन् । आफ्नै बुवाले यसको बोक्सी अव म झार्छु भन्दै निर्घात कुटपिट गरेको युवति बताउछिन ।

उन्ले म बोक्सी होईन मलाई नकुट्नुस् भनिरहिन् तर कसैले सुनेनन् । रमिता हेर्ने भिड लगाएर बसेका सबैै टुलुटुलु हेरिरहे ।

६ घण्टा सम्म उन्को बोक्सी झार्ने भन्दै कुटपिट गरियो । मैले निरन्तर ६ घण्टासम्म कुटाई खाइरहीन्।’ उनले विलौना गर्दै भनिन् ।

आफुलाई कुट्नेहरुलाई राज्यले हदै सम्मको कारवाही भएको आफुले हेर्न चाहेको उनी बताउँछिन् ।

घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय सुखडले पक्रेर ल्याएका भोलेबाबालाई छुटाउन सयौको संख्यामा स्थानियहरु प्रहरी कहाँ पुगेका थिए ।

प्रहरीले घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी र वडा अध्यक्ष प्रेम रोकाया लगायतको रोहबरमा भोलेबाबा उर्फ राम बहादुर चौधरीले छोडेको छोडिएको थियो ।

प्रहरीको चर्काे विरोध भएपछि प्रहरीले भोलेबाबालाई पुन पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।

भिडियो हेर्नुहोस्


‘कुटपिट गर्ने दोषीलाई मात्र होईन हेर्ने रमितेलाई पनि कारबाही कही न केही गरियोस्’
कैलालीको घोडाघोडी नगरपालिकामा एउटी किशोरीलाई बोक्सीको आरोपमा छ घण्टासम्म कुटपिट गरियो ।

समाजका ठालुहरुले रमिता हेरे । एउटा बेपकुफ बाबा भनाउँदो, मान्छेको नाउमा कंलक, नरपिचास ढोंगीले सारा नगरबासीलाई साक्षी राखेर एक निर्दोष माथी मुड्की, लात्ती प्रहार ग¥यो ।

लक्षिहरु केवल घटनाको साक्षी बनेर तमासा हेरीरहे । त्यत्रो हुलमा एउटा मानिस पनि देखिएन ६ घण्टा सम्म । कस्तो अचच्म,समाजका हरेक तह, तप्काका मानिसहरु हुलका हुल छन् । कुनै एउटा साहसी मानिस निस्कीएनन् त्यो हुलमा ।

एउटा महिला माथी भएको खुल्ला कुटपिट हेर्नेहरु पनि यतिखेर यो कार्यक्रम हेर्दै हुनुहुन्छ होला । एउटा अमानविय घटनाको साक्षी, मुकदर्शक बनेर बस्नुहुने तपाईहरु जति लुगा लगाए पनि नांगिनु भयो ।

एउटा फुस्रे बाबा भनाउँदो पाषण हृदयी, दानवले तपाईहरुको छाती माथी ताण्डब नाच्दै एक निर्दोष चेलिलाई कुटिरह्यो तर तपाईहरुलाई त्यो केवल मनोरञ्जनात्मक सिनेमा जस्तो मात्र भएछ ।

दुख त यसमा लागेको छ २ पैसे फुस्रे ढोंगीलाई समातिसकेपछि छुटाउन भनेर केही ठालुहरु नै पुगेछन् । बोक्सीको आरोपमा कुटपिट गरेको केसलाई मिलाउन खोज्ने प्रहरी, मुखमा भोटे ताल्चा ठोकेर चुप लाग्ने जनप्रतिनीधि र नगरको चोकमा एक ढोंगीले महिलालाई मरुन्जेल कुटेको हेर्ने समाजका मानिसहरु विरुद्ध धिकार्ने शब्द बनेको छैन ।

उतm घटनाको भिडियो सार्वजनितक भएको छ, जसमा तमासेहरु पनि देखिन्छन् । कुटपिट गर्ने दोषीलाई सायद कारवाही होला तर हेर्ने रमितेलाई पनि कारवाही कही न केही गरियोस् ।

हत्या, बलत्कार बोक्सी काण्डका मतियारहरु जो सुकै हुन्, तिनले उन्मक्ति पाउन हिंस्रक जनावर गाँउमा पस्नु जस्तै हो ।

घोडाघोडी नगरपालिकाबासीले मात्र होइन, सिंगो राष्ट्रले शिर निहुराउन पर्ने दृश्य नारी दिवसकै दिन देखीयो ।

घोडाघोडी नगरपालिकाका मानिसहरुले के गर्छन् थाहा छैन तर एउटी किशोरी माथी भएको यो दर्दनाक भिडियो हेरिसकेपछि यही समाजको संचारकर्मीको भएको नाताले म लाजले यो शिर निहुराउँछु र शुरु गर्छु जनताको चासो गुनासो र प्रश्न सहितको कार्यक्रम सिधाकुरा जनतासँग ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *