BREAKING NEWS
Search

बुद्ध लामाले कार नपाएको भनेको कुरा भाइरल भएपछि ‘नेपाल आइडल’ आयोजकले दियो स्पष्टीकरण

78

 

नेपाल आईडलका बिजेता बुद्ध लामाले आफुले जितेको कार नपाएको खबर भाईरल भएपछि आयोजकले यसबारेमा आफनो स्पष्टीकरण दिएको छ । आयोजकले बुद्ध लामाले तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम पाईसकेको दाबी गरेको छ । उनले रकम भने पाएको तर कार नपाएको भन्दै सार्वजनिक गरेको अडियो भाईरल बनेपछि आयोजकले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ “तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ”।

 

 

“पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनीसँगै छ। कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई कारको मूल्यको २५५ ९प्रतिशत० आकस्मिक लाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराइएको छ”। उक्त कर नेपाल सरकारलाई तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौं।” उता बुद्ध लामाले भने भनेका छन् आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ??तिनीहरूले तिरेर ल्याउनुपर्ने होइन र यो त ??’




Leave a Reply

Your email address will not be published. Required fields are marked *