BREAKING NEWS
Search

छोराले पोर्न फिल्म हेर्दै थिए पिताले यसरी काटीदिए हात (भिडियो सहित)

63

 

मोबाइलमा पोर्न फिल्म हेरेको रिसमा एक जना पिताले आफ्नो १९ वर्षे छोराको हात काटिदिएका छन्।

 

मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लतले आजित बनेका पिताले रिसको झोकमा हात नै छिनालिदिएको भारतीय मिडियाले जनाएका छन्। समाचार जनाईएको अनुसार बुवा मोहम्मद कयूम कुरेसीले छोरा खालिद सुतिरहेको अवस्थामा आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएका हुन्।

 

खालिद अरु कामलाई छोडेर मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरू हेर्ने गर्थे जसले उनका बुवा आजित भएका थिए ।

 

पटकपटक खालिदलाई बुवाले गाली गरेका थिए। तर उनको त्यो बानी छुटेन। त्यसो गर्दा समेत बानी नसुध्रिएपछि उनले रिसको झोकमा चक्कु प्रहार गरी छोराको दाहिने हात नाडीबाटै छिनालिदिएका हुन्। घाइते युवकलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ र समाचारमा जनाइए अनुसार हत्या प्रयासमा पितालाई प्रहरीले पक्राउ गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *