BREAKING NEWS
Search

रुसले देखाइदियो अमेरिका खरानी बनाउने यस्तो हतियार

266

 

मस्को। रुससँग संसारको कुनै पनि ठाउँमा प्रहार गर्न सक्ने मिसाइल छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनल संघीय संसदलाई सम्बोधन गर्दै यो मिसाइलको क्षमताको दावी गरेका छन् । पुटिनले भने ‘रुसले यस्तो मिसाइल बनाएको छ जसको अगाडि संसारको कुनै पनि मिलाइल टेक्नोलोजी टिक्न सक्दैन ।

 

 

पुटिनका अनुसार यसको अगाडि नाटोको शक्ति पनि केही होइन । पुटिनको दावी अनुसार न्यूक्लियर क्षमता भएको यो मिसाइललाई युरोप र एसियामा भएका अमेरिकाका शील्डले पनि रोक्न सक्ने छैनन् । उनका अनुसार अब रुस संसारको सबैभन्दा बढी न्यूक्लियर क्षमता भएको देश हो । पुटिनले भने ‘यो न्यूक्लियर गोलाबारुद लैजान पनि सक्षम छ र यसलाई संसारको कुनै पनि कुनामा पठाउन सकिन्छ ।

 

रुसमा यही महिना चुनाव छ र पुटिन यसपटक चौथो पटक राष्ट्रपति पदका उम्मेदवार छन् । यस्तोमा यो सबै पुटिनको आफ्नो काम जनतालाई देखाउने माध्यम भएको अनुमान गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *