BREAKING NEWS
Search

यसकारण यो सुन्दर आइल्याण्डमा जान चाहँदैनन् कुनै पर्यटक

151

 

एजेन्सी। पृथ्वीमा एकसेएक सुन्दर टापुहरु छन् जहाँ वर्षभरी पर्यटकको घुइँचो लाग्छ । तर केही यस्ता टापुहरु पनि छन् जो निकै सुन्दर छन् तर त्यहाँ पर्यटक जान चाहँदैनन् । इटलीको नेपल्सस्थित गेओला आइल्याण्ड पनि यस्तै टापु हो जहाँ पर्यटक जान चाहँदैनन् । यो टापुको चारैतिर निकै सफा पानी र सुन्दर दृश्यहरु छन् । पृथ्वीको यो भाग निकै सुन्दर हुँदाहुँदै पनि पर्यटकहरु भने यहाँ जान डराउँछन् ।

 

यो टापु त्यतिबेलादेखि चर्चित हुन लागेको हो जब यो टापु किन्ने व्यक्तिहरुसँग केही न केही नराम्रो हुन थाल्यो । यो टापु किन्ने व्यक्तिको या त हत्या भयो या उनले आत्महत्या गरे वा कंगाल भए । त्यसपछि यो टापुलाई अनलक्की मान्दै पर्यटकहरु यहाँ जान कम गर्न थाले । १९ औं शताब्दीको सुरुवातपछि नै यो टापुको भाग्य बिग्रिन सुरु भएको हो ।

 

 

त्यतिबेला यो टापुलाई लुइगी डिनेगरीले किनेका थिए । तर यो टापु किन्नासाथ उनको माछापालनको व्यवसाय चौपट भयो र उनी बर्बाद भए । उनले बेचेपछि यो टापु किनेका हंस ब्रानको १९२० मा हत्या भयो र उनकी पत्नीको समुद्रमा डुबेर मृत्यु भयो । जर्मनीमा स्टिल उद्योगी कार्ल पलको व्यवसाय पनि यो टापु किनेपछि बर्बाद भयो ।

 

 

गाडी कम्पनी फिएटका प्रमुख गिएनी एग्नेलीले पनि यो टापु किने । तर, लगत्तै उनका एक्ला छोराले आत्महत्या गरे । यो टापु किन्ने अरबपति तेल व्यापारी पल गेटीका नातीको अपहरण भयो । यो टापुका अन्तिम मालिक गियान पासकाले ग्रेपोन उक बीमा कम्पनीका मालिक थिए । उनी ऋण तिर्न नसक्दा जेल जानुपर्यो ।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *