आज काठमाडौंका दर्जन बढी ठाउँमा विजुली जाने

काठमाडौं । उपत्यकाका दर्जन बढी ठाउँमा आज शनिबार दिनभरजसो विजुली जाने भएको छ । काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ ।

जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा ६ घण्टा बत्ती जाने भएको हो ।जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभारेलगायतका ठाउँमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने सुन्दरबस्ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काटिने प्राधिकरणले जनाएको छ । दुवै फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले ६ घण्टा लाइन बन्द गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Share