भर्खरै काठमाडौंमा निकालियो मशाल जुलुस

DON नेपाल । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव नेपाल समूह निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा मशाल जुलुस निकालेको छ ।

अनेरास्ववियुले बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा मशाल जुलुस निकालेको हो । काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्मकन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै उनीहरुले जुलुस निकालेका हुन् । जुलुसका क्रममा उनिहरुले ‘केपी ओली मुर्दावाद, भोलि बन्द सफल पारौं, प्रतिगमन मुर्दावाद’ लगायतको नारा लगाएका थिए ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको पूर्व सन्ध्यामा मशाल जुलुस निकालिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Share