बाध्यताले दोश्रो बिवाह गरेकी नायिका स्वेता खड्का बिहेपछि किन आइन वि`वादमा ?

DON नेपाल । मङ्सिर २२ मा दोस्रो विवाह गरेकी अभिनेत्री श्वेता खड्काले विवाहको पार्टी भने माघ १ मा दिइन्। ठमेलको छाँया सेन्टरमा उनले आफ्नो नयाँ जीवनको खुसी साट्न आफन्त र परिचितहरूलाई डाँकेकी थिइन्। नेपाली फिल्म क्षेत्रकी परिचित नायिका। उनको पार्टीमा सेलिब्रिटीहरुको जमघट त हुने नै भयो।

‘खान्न खान्न लोकाचार खान थाले मानाचार’ यो उखान पछिल्लो समय फिल्म निर्माता तथा कलाकार श्वेता खड्काको जीवनमा चरितार्थ भएको छ । भब्य समारोहका विच दोश्रो विवाह गरेकी श्वेताको विवाह भोज भने डेढ महिना बितिसक्दा समेत रोकिने छाटकाँट देखिएको छैन ।

मेहेन्दी, हल्दी, संगीत लगायतको भारतीय सस्कार पच्छ्याउदै गरिएको उनको विवाहको भोज गनेर नै थाकिने भईयो । विवाह लगत्तै २ परिवारको फरक फरक भोज त ठिकै छ । तर उनी भाेज भतेर खुवाउन रोकिने मुडमा देखिएकी नै छैनन् । हिजो पुन: पत्रकार तथा कलाकारका माझ विवाहको ३८औ दिनमा समेत भब्य भोज आयोजना गरियो ।

श्वेताले अझै कति दिन भोज खुवाउने हुन् ? यो कि त उनलाई थाहा छ कि त उनका पतीलाई । तर काेभिड महामारीकाबिच ३८ दिनसम्म भाेज चलिरहेकाे देख्दा साेध्न मन लागेकाे छ श्वेता जी भोज धेरै भएन र ? उनले राखेका पोस्टहरुमा पनि उनका शुभचिन्तकले राम्रा नराम्रा कमेन्ट गरेका छन् । धेरैले उनलाई अब धेरै पार्टी नगर्न सुझाव दिएका छन् यदि पैसा छ भने बरु गरिवहरुको सेवा गर्नुहोस तर यो नाटक बन्द गर्नुहोस भन्ने सम्म कमेन्ट गरेका छन् ।

सुकुमाया पुन मगरले स्वेताले राखेको फेसबुकमा कमेन्ट गर्दै लेखेकी छन्, हजुर को बिहे रे भन्ने न्युज सुन्दा त खुशी ले गद गद भाको थिए तर अहिले यो नाैटंकी देख्दा चाई दिक्क लाग्छ बिहे गर्नु राम्रो हो नाटक चाइ अत्ति भो के हजुर संङ्ग धन सम्पती छ त्यो दुनियाँ लाई थाहा भाको कुरा हो यो अहिले हजुर को नाटक देख्दा त रिगाटा लागेर आउँछ अब कहिले सकिन्छ हजुर को बिहे…..?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Share