विश्व स्वास्थ्य संगठनले फेरी दियो चेतावनी, नयाँ कोरोनाले सन् २०२१ अझ कठिन हुन्छ

काठमाडौ । चीनवाट सुरु भएको कोरोनाको खोप तयार नहुँदै सुरु भएको नयाँ प्रकारको कोरोनाको बारेमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप समस्या निम्त्याउने चेतावनी दिएको छ । नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी डब्लुएचओले दिएको छ।

कोरोनाको नयाँ प्रजाति पुरोनाभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्ल्यूएचओले भर्खर सुरु वर्ष अझ खराब हुन सक्ने अनुमान गरेको हो। बीबीसीका अनुसार सुरुमा बेलायतमा देखापरेको कोरोनाको नयाँ स्वरूप अहिले ५० देशमा फैलिसकेको छ। नयाँ कोरोनाले बेलायतमा संक्रमितको मृत्युदर ह्वात्तै बढेको बताइएको छ।

यस्तै दक्षिण अफ्रिकामा देखापरेको कोरोनाको नयाँ प्रकार पनि अन्य २० वटा देशमा फैलिसकेको छ। जापानमा पनि कोरोनाकै अर्को नयाँ प्रकार देखिएको त्यहाँका अधिकारीले बताएका छन्।

उनीहरूका अनुसार चार जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको हो। ती मानिस ब्रजिलमा संक्रमित भएर आएको अनुमान गरिएको छ। विज्ञहरूले भने हाल विकास गरिएका खोप नयाँ प्रकारको कोरोनाविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने दाबी गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Share