पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन्।

२४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन्।

यो सँगै देशभर संक्रमितक संख्या २ लाख ५८ हजार ८४० पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा ७१८ जना निको भइ डिस्चार्ज भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ।

२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २७८ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा १११ महिला र १७६ जना पुरुष रहेका छन्। काठमाडौँमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना कोरोना संक्रमित देखिएका हुन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Share